Logo

२०८३, आश्विन १०गते


images
images

मौद्रिक नीति

आर्थिक गतिविधि बढाउन 'लचिलो' मौद्रिक नीति सार्बजनिक

आर्थिक गतिविधि बढाउन 'लचिलो' मौद्रिक नीति सार्बजनिक

images
  • आर्थिक गतिविधि बढाउन 'लचिलो' मौद्रिक नीति सार्बजनिक
    images
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक गतिविधि बढाउन लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन् ।

    images
    images
    images

    शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. पौडेलले अधिक तरलता कायम भई कर्जाको गुणस्तर घट्दा चुनौती थपिएको बताउदै मौद्रिक नीति मार्फत समस्या समाधानको पहल गरिएको बताएका छन् ।

    images
    images
    images

    नेपाल राष्ट बैंकले मौद्रिक नीतिमार्फत समास्याग्रस्त व्यवसायलाई सहजीकरण गर्ने भएको छ । जस अन्सुआर १० प्रतिशत ऋण बुझाएमा ऋणको पुनर्संरचना हुने व्यवस्था मौद्रिक नीतिले गरेको छ । त्यस्तै मौद्रिक नीतिमा घर कर्जा सीमा बढाइएको छ । अब निजी घर बनाउन कर्जा सीमा बढाएर तीन करोड रुपैयाँ पुर्‍याइएको छ यो यसअघि दुई करोड थियो ।

    images
    images
    images

    त्यस्तै राष्ट्र बैंकले ब्याजदर थप घटाउन नरम नीति ल्याएको छ । मौद्रिक नीतिमा ब्याजदरको माथिल्लो सीमालाई साढे ६ प्रतिशतबाट ६ प्रतिशतमा झारिएको छ भने नीतिगत दर ५ प्रतिशतबाट साढे ४ प्रतिशतमा झारिएको छ । त्यस्तै ब्याजदरको तल्लो सीमा ३ प्रतिशतबाट २.७५ प्रतिशत कायम गरिएको छ ।

    त्यस्तै अब विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यसअघि २५ सय डलर रहेकोमा अब ३ हजारसम्म सटहीको सुविधा दिने भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।