Logo

२०८३, आश्विन १०गते


images
images

बोर्डर- २ : सनी देओलले सकाए छायांकन

बोर्डर- २ : सनी देओलले सकाए छायांकन

images
  • बोर्डर- २  : सनी देओलले सकाए  छायांकन
    images
    images

    काठमाडौँ । बलिउड अभिनेता सनी देओलले आफ्नो आगामी फिल्म बोर्डर- २ को छायांकन सकेका छन् ।  सनीले सामाजिक सञ्जालमा आर्मी पोशाकमा आफ्नो तस्बिर सेयर गरेर फिल्ममा आफ्नो भूमिकाको सुटिंग सकेको जानकारी दिएका हुन् । 

    images
    images
    images

    उनले लेखेका छन्- 'मिशन पूरा भयो ! फौजी, साइन आउट ! बोर्डर २ बाट मेरो छायांकन पूरा भयो । जय हिन्द।' फिल्ममा वरुण धवन र अहान शेट्टी पनि मुख्य भूमिकामा छन् । दुवैले हालै पुणेमा आफ्नो छायांकन सकाएका थिए । फिल्ममा दिलजीत दोसांझको पनि भूमिका रहेको छ भने अनुराग सिंहले निर्देशन गरिरहेका छन् ।

    images
    images
    images

    यो फिल्म गुलशन कुमार र टी-सिरीजले जे.पी. दत्ताको जे.पी. फिल्म्ससँगको सहकार्यमा प्रस्तुत गरेको हो । फिल्म जनवरी २३, २०२६ मा थिएटरहरूमा रिलिज हुनेछ ।

    images
    images
    images

    यस अघि बोर्डर फिल्म १९९७ मा रिलिज भएको थियो भने २८ बर्षपछि यसको सिक्वेल बनिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।