Logo

२०८३, कार्तिक २९गते


images
images

राप्रपा विवाद

पार्टीमा अन्याय भएपछि आयोगमा आएका हौँ : नवराज सुवेदी

पार्टीमा अन्याय भएपछि आयोगमा आएका हौँ : नवराज सुवेदी

images
  • पार्टीमा अन्याय भएपछि आयोगमा आएका हौँ : नवराज सुवेदी
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता नवराज सुवेदीले पार्टीमा आन्तरिक अन्याय भएको बताएका छन् ।

    images
    images
    images

    निर्वाचन आयोगमा पुगेका सुवेदीले अध्यक्ष राजेन्द्र लिङदेनले स्वेच्छचरिताले आफुलाई हटाएकोले आफु न्यायका लागि आयोगमा आएको बताएका छन् ।

    images
    images
    images

    उनले भने- 'अध्यक्ष राजेन्द्र लिङदेनले स्वेच्छचरिता हो, केन्द्रीय समितिबाट निर्णय भएको छैन । प्राकृतिक न्यायको खिलापमा उहाँ निर्णय गर्नु भयो । निर्णय गर्नु अगाडी मलाई सोध्नु पर्थ्यो । मलाई चिठी पनि दिएको छैन । मैले त मिडियाबाट थाहा पाए । मलाई निकाल्नुभयो र अर्कोलाई नियुक्त गर्नु भयो, त्यसैले म निर्वाचन आयोगमा ऊरी गर्न आएको हुँ ।' 

    images
    images

    अध्यक्ष राजेन्द्र लिङ्देनले असार २५ गते पार्टीको अनुशासन समितिमा रोशन कार्कीलाई नियुक्त गरेका थिए भने सगुन लावतीलाई प्रवक्ताबाट हटाएपछि विवाद बढेको हो । यसअघि अनुशासन समितिको अध्यक्षमा नवराज सुवेदी रहेका थिए । सुवेदी हाल राजसंस्था फर्काउने जनान्दोलन समितिको संयोजक रहेका छन् । 

    सुवेदीसहित राप्रपाका नेताहरु डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणासहितका नेताहरु आइतबार आयोगमा पुगेर अध्यक्ष लिङदेनको निर्णय विरुद्ध उजुरी दिएका छन् ।    

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।