काठमाडौँ । नेकपा एमालेका नेता कर्ण थापाले महासचिव शंकर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा झूटो गीत नगाउन आग्रह गरेका छन् ।
थापाले महासचिव पोखरेलमाथि पार्टी कार्यालयलाई गुटबन्दीको थलो बनाएको र देशभरिका कार्यकर्तालाई धम्कीपूर्ण भाषा बोलेको आरोपसमेत लगाएका छन् । ‘पार्टी अध्यक्ष होइन, महासचिवलाई सेन्टर मानेर पार्टी सञ्चालन गर्न खोजिएको’ आरोप गर्दै उनले अध्यक्षको बचनको बचाउका नाममा झूटो गीत गाउने प्रवृत्ति पार्टी हितविपरीत भएको बताएका छन् ।
‘कठिन भन्दा कठिन दिनमा पनि सत्यको पक्षमा उभिएको हो, फेरि पनि सत्यकै पक्षमा उभिइनेछ’, थापाले भनेका छन्, ‘नेतृत्वलाई गुमराहमा राखेर सधै मुखिया हुन सकिन्छ भन्ने सोच राखिएको भए यस्तो चिन्तनबाट मुक्त हुन अनुरोध गर्दछु ।’
एमालेको सम्पूर्ण पंक्तिलाई सहि कुरा बुझेर मात्रै मत बनाउन आग्रह गर्दै उनले गाली–गलौजमा नउत्रन पनि कार्यकर्तालाई अनुरोध गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology