Logo

२०८३, आश्विन १०गते


images
images

विद्यालय शिक्षा विधेयक

साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए शिक्षक महासंघ आन्दोलनमा जाने

साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए शिक्षक महासंघ आन्दोलनमा जाने

images
  • साउन २ गतेसम्म शिक्षा विधेयक पास नभए शिक्षक महासंघ आन्दोलनमा जाने
    फाईल फोटो : शिक्षक आन्दोलन
    images
    images

    काठमाडौं । नेपाल शिक्षक महासंघले साउन २ गतेसम्म विद्यालय शिक्षा विधेयक पास नभए आन्दोलनमा जाने चेतावनी दिएको छ । महासंघले साउन २ गतेसम्म पर्खिने र त्यतिबेलासम्म पनि पास नभए पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएको छ ।

    images
    images
    images

    महासंघले अहिले विद्यालय, विद्यार्थी, शिक्षक-कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुने सम्भावना क्रमशः कमजोर हुँदै गएको उल्लेख गरेको जनाएको छ । साथै महासंघले सरकारले आफूसँग भएका विगतका सहमतिहरूलाई बेवास्ता गरी विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारीमैत्री प्रावधानहरू समावेश गर्न नचाहेको आरोप  लगाएको छ ।

    images
    images
    images

    महासंघले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलिरहेका छलफल र निर्णयबाट विगतका सहमतिलाई बङ्ग्याउने, तोडमरोड गर्ने तथा आम शिक्षक-कर्मचारीको भावना विपरीतका प्रबन्धहरु अघि बढाउने प्रयत्न भएको दाबी गरेको छ ।

    images
    images
    images

    सरकार र शिक्षक महासंघबीच वैशाख १७ गते ९ बुँदे सहमति गर्दै १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । तर, समय सीमा सकिएको १५ दिन बितिसक्दा पनि विधेयक समितिमै अड्किएको छ । 

    Teacher1752481322.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।