Logo

२०८३, श्रावण २७गते


images
images

कुप्रथा अन्त्य गर्न अभियान

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन

images
  • कञ्चनपुरका सबै छाउगोठ भत्काउन जिल्ला प्रशासनको निर्देशन
    images
    images

    धनगढी । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर छाउगोठ भत्काउन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सोमबार जिल्लाका सबै ९ स्थानीय तहलाई पत्र पठाउँदै परम्परागत रूपमा जरा गाडेर बसेको छाउपडीजस्तो सामाजिक कुप्रथा अन्त्य गर्न अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

    images
    images
    images

    जिल्ला समन्वय समितिको कार्यालय कञ्चनपुरलाई समेत बोधार्थ दिइएको पत्रमा समाजमा अझै गहिरो गरी जरा गाडेर बसेको छाउपडी प्रथालाई विधिवत् अन्त्य गर्ने अभियानमा सबै तहको समन्वय आवश्यक भएको उल्लेख गरिएको छ ।

    images
    images
    images

    कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगाली टोलमा २८ वर्षीया कमला आउजी दमाईको सर्प दंशबाट छाउगोठमा मृत्यु भएको घटनापछि जिल्ला प्रशासन कार्यालयले यस्तो निर्देशन दिएको छ ।

    images
    images
    images

    संघीय संसदमा पनि सांसदहरुले छाउगोठ प्रथाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

    DAO_Kanchanpur1752490496.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।