Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

एमालेमा भण्डारी पक्षधरलाई 'अनुशासन'को डण्डा, युवा संघका प्रदेश अध्यक्षलाई सोधियो स्पष्टिकरण

एमालेमा भण्डारी पक्षधरलाई 'अनुशासन'को डण्डा, युवा संघका प्रदेश अध्यक्षलाई सोधियो स्पष्टिकरण

images
  • एमालेमा भण्डारी पक्षधरलाई 'अनुशासन'को डण्डा, युवा संघका प्रदेश अध्यक्षलाई सोधियो स्पष्टिकरण
    images

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेमा अध्यक्ष केपी शर्मा ओली समूह इतरलाई धम्क्याउने कार्य सुरु भएको छ । ओली निकट नेता भानुभक्त ढकालले 'पार्टी नेतृत्व विरुद्ध गतिविधि गर्ने कार्यकर्तालाई नोटिस' मा राखिएको भनेको केही दिनमै पार्टीभित्र लोकतन्त्र र नेतृत्व हस्तान्तरणको एजेन्डा पक्षधरलाई स्पष्टिकरण सोध्ने कार्य सुरु भएको हो । 

    images
    images
    images

    यसरी स्पष्टिकरण सोधिनेमा पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल पनि परेका छन् । सामाजिक संजाल र सार्वजनिक मन्चहरुमा नेतृत्व हस्तान्तरणको वकालत गर्दै आएका उनलाई 'पार्टी अनुशासन विपरित गतिविधि गरेको र कार्यकर्ता धम्क्याएको' आरोप लगाइएको छ ।  

    images
    images
    images

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको भावी अध्यक्ष बनाउने प्रस्ताव राख्दै सामाजिक सञ्जालमा सक्रिय भएका खरेलमाथि अनुशासन उल्लंघनको आरोप लगाउँदै संघले तीन दिनभित्र सशरीर स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ । 

    images
    images

    संघका महासचिव महेश चौलागाईंले पठाएको पत्रमा धारा ४१ र धारा ४२ (क) र (ख) बमोजिम किन कारबाही नगर्ने वा गर्नु नपर्ने भन्नेबारे तीन दिनभित्र शारीरिक रूपमा उपस्थित भएर जवाफ दिन भनिएको छ ।

    उनीमाथि १०औं महाधिवेशनका क्रममा प्रतिनिधिहरूलाई धम्क्याएको, अभद्र व्यवहार गरेको र पार्टी नेतृत्वबारे सामाजिक सञ्जालमा लाञ्छना लगाएको आरोप खरेलमाथि लगाइएको छ ।

    सेतोमसीसंग कुरा गर्दै नेता खरेलले स्पष्टिकरण सोधिएको पुष्टि गर्दै स्पष्टिकरण बुझाइसकेको जानकारी दिए । उनले अनुशासनको डण्डा देखाउने र धम्क्याउने कार्यले आफुहरूको पार्टी सुदृढिकरण अभियान नरोकिने बताए  ।

    नेता खरेलले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन् । उनले पठाएको स्पष्टिकरणमा लोकतान्त्रिक अभ्यासलाई आधार बनाएर आफूले धारणा राखेको र लगाइएका आरोप कपोकल्पित रहेको उल्लेख छ ।

    ‘मतदान प्रक्रिया चलिरहेको बेला म उम्मेदवार सुमन पुरीको प्रतिनिधिको रूपमा जिम्मेवारीमा थिएँ । त्यही क्रममा भएका केही प्रतिवादलाई लिएर लगाइएको आरोप आधारहीन मात्र होइन, कपोकल्पित पनि हो भन्ने महसुस गरेको छु’, खरेलले लेखेका छन् ।

    पार्टी नेतृत्वको परिवर्तनबारे सामाजिक सञ्जालमा राखिएको आफ्ना अभिव्यक्ति लोकतान्त्रिक अभ्यास भएको उनको जिकिर छ । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको आगामी अध्यक्ष बनाउनुपर्ने र वर्तमान अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्नुपर्ने भनाइ सामाजिक सञ्जालमै राख्दै आएका छन् ।

    ओलीसँगको तस्वीरसहित केही दिनअघि उनले लेखेका थिए, ‘पार्टीको माया छ, र पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने आशा अझै बाँकी छ । अब मार्गप्रशस्त तपाईले गर्नुपर्छ– जनता बोलिरहेका छन्, सुन्नुहोस् ।’

    त्यसो त खरेलमात्र होइन, युवा संघका बहुमत प्रदेश अध्यक्षहरु पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी अध्यक्ष बनाउनुपर्ने 'लाइन'मा खुलेर लागेको एमाले स्रोतले जनाएको छ ।  

    हालै सम्पन्न युवा संघ, प्रेस चौतारी र अनेरास्ववियुको राष्ट्रिय अधिवेशनमा ओली र भण्डारी समूहले अलग-अलग प्यानलनै बनाएर निर्वाचनमा होमिएका थिए । ती संगठनहरुको निर्वाचन परिणामले भण्डारी समूहको बलियो उपस्थिति देखाएको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।