Logo

२०८३, आश्विन ११गते


images
images

साफ यू-२० महिला च्याम्पियनसिप

श्रीलंकाविरुद्ध नेपाल ७-० ले विजयी

श्रीलंकाविरुद्ध नेपाल ७-० ले विजयी

images
  • श्रीलंकाविरुद्ध नेपाल ७-० ले विजयी
    images
    images

    काठमाडौँ । नेपाल साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गरेको छ ।

    images
    images
    images

    गलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    यो नेपालको तीन खेलमा दोस्रो जित हो । नेपाल यस जितमा मीना देउवाले ह्याट्रिक गरेकी थिइन् । त्यस्तै पुर्णिमा राईले दुई गोल गरिन् भने समीक्षा मगर र सरिता नाथले एक एक गोल गरेका थिए । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।

    images
    images
    images

    त्यस्तै श्रीलंकाले भने लगातार तेस्रो हार बेहोरेको छ । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९-१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानसँग ५-० गोल अन्तरले पराजित भएको थियो ।

    नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

    यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । 

    यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।