Logo

२०८३, कार्तिक २९गते


images
images

देवदहमा 'शासन प्रणाली र सक्रिय नागरिक' सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

देवदहमा 'शासन प्रणाली र सक्रिय नागरिक' सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

images
  • देवदहमा 'शासन प्रणाली र सक्रिय नागरिक' सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न
    images

    देवदह । समृद्ध समुदाय विकास केन्द्र, रुपन्देहीले देवदहमा दुईदिने कार्यशाला सम्पन्न भएको छ । डेनमार्कस्थित स्कोलेलिभ इन नेपालको सहकार्यमा आयोजित कार्यक्रम देवदह नगरपालिका र नगरभित्रका ९ वटा माध्यमिक विद्यालयहरूको समन्वयमा असार २९ र ३० गते सम्पन्न भएको हो ।

    images
    images
    images

    ‘Understanding Governance and Active Citizenship’ शीर्षकमा आयोजित कार्यशालाको उद्देश्य युवाहरूलाई नागरिक उत्तरदायित्व, शासन प्रणालीको संरचना, सरकारप्रतिको सहभागिता र लोकतान्त्रिक अभ्यासप्रति स्पष्ट जानकारी दिनु रहेको संस्थाका निर्देशक युवराज चापागाईंले जानकारी दिए ।

    images
    images
    images

    कार्यशालामा देवदह नगरका ९ वटा माध्यमिक विद्यालयमा सक्रिय ‘हरित उद्यमशीलता समूह’मा आबद्ध विद्यार्थीहरू, शिक्षकहरू तथा सहजीकरण टोलीको सहभागिता रहेको थियो । सहभागीहरूले ‘सक्रिय नागरिक कसरी बन्ने ?’, ‘स्थानीय सरकारको संरचना के हो ?’ र ‘नागरिक अधिकार प्राप्त गर्ने औपचारिक प्रक्रिया’बारे अन्तरक्रियात्मक सिकाइमा सहभागी भएका थिए ।

    images
    images

    कार्यशालाको अन्त्यमा सहभागी समूहहरूले आफ्नो विद्यालयमा कम्तीमा एउटा हरित उद्यम सुरु गर्ने निर्णय गरेका छन् । उनीहरूले स्थानीय सरकारसँग सहकार्य गर्दै उपलब्ध स्रोत तथा सहायताको प्रयोग गरी उद्यम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

    रबिना नकर्मीले सहजीकरण गरेको कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रे, संस्थाका कोषाध्यक्ष बाबुराम बस्नेत लगायतले बोलेका थिए  ।

    कार्यशालाले विद्यालयस्तरमै अभ्यासात्मक सिकाइ, सामाजिक उत्तरदायित्व, स्थानीय नेतृत्व विकास र सामाजिक उद्यमशीलताको संयोजनमा सोच्न युवाहरुलाई उत्प्रेरित गरेको सहभागीहरूको अनुभव छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।