Logo

२०८३, आश्विन ९गते


images
images

प्याब्सन देवदहद्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

प्याब्सन देवदहद्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान

images
  • प्याब्सन देवदहद्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान
    images
    images

    देवदह । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), देवदहले विद्यालय शिक्षा परिक्षा (एसइई) मा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रम बीच ३.६ देखि ४ जिपिए प्राप्त गर्ने विद्यार्थी र उनीहरुका अभिभावकलाई सम्मान गरिएको जनाइएको छ । 

    images
    images
    images

    देवदह प्याब्सनमा १० वटा विद्यालय आबद्ध छन् । प्याब्सनमा आवद्ध विद्यालयमध्येबाट देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयका दुई विद्यार्थीले ४ जिपिएसहित ४७ जना विद्यार्थीहरुले ३.६ जिपिएभन्दा माथिको अंक प्राप्त गरेका थिए ।

    images
    images
    images

     
    त्यसैगरी कक्षा ८ को परिक्षामा ४ जिपिए प्राप्त गर्ने ग्रीनप्लान्ट आवासीय माविका विद्यार्थी अंकित अर्याललाई पनि कार्यक्रममा सम्मान गरिएको प्याब्सनले जनाएको छ । 

    images
    images
    images

    उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी र अभिभावकलाई प्रोत्साहन गर्न सम्मान गरिएको अध्यक्ष रामबहादुर गुरुङले जानकारी दिए । 
     
    विद्यार्थी सम्मान कार्यक्रममा देवदह नगरपालिकाका शिक्षा अधिकृत परशुराम ढकाल, प्याब्सन रुपन्देही जिल्ला सल्लाहकार एकनारायण काफ्ले, देवदह आदर्श बहुमुखीका क्याम्पस प्रमुख जयकिशन अधिकारी लगायतले देवदहको शिक्षा, शैक्षिक गुणस्तर वृद्धिमा संस्थागत विद्यालयको भूमिका लगायतका विषयमा विचार व्यक्त गरेका थिए । 

    कार्यक्रममा उत्कृष्ट विद्यार्थीको तर्फबाट प्रेरणा न्यौपाने, अभिभावकको तर्फबाट विजय भुर्तेल लगायतले अनुभव शेयर गर्दै देवदहको शैक्षिक अवस्थाबारे चर्चा गरेका थिए । 

    संस्थाका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष टिकाराम चापागाईंको स्वागत तथा सचिव कृष्णप्रसाद गैरेको संचालन रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।