Logo

२०८३, आश्विन १०गते


images
images

सिरियाली सेनाको मुख्यालयमा इजरायलको भिषण आक्रमण

सिरियाली सेनाको मुख्यालयमा इजरायलको भिषण आक्रमण

images
  • सिरियाली सेनाको मुख्यालयमा इजरायलको भिषण आक्रमण
    images
    images

    काठमाडौँ । इजरायलले सिरियाली राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको मुख्यालयमा आक्रमण गरेको बताएको छ ।

    images
    images
    images

    सिरियाली स्वास्थ्य मन्त्रालयले यस आक्रमणमा एक जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएको छ ।

    images
    images
    images

    इजरायलका रक्षामन्त्री इजरायल कान्ट्जले चेतावनीको समय सकिएको भन्दै अब बलियो र पीडादायी आक्रमण गरिने चेतावनी दिएका छन् । इजरायलले दक्षिण-पश्चिम सिरियामा ड्रुज समुदायका मानिसहरूलाई जोगाउन प्रयास गरिरहेको बताएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ड्रुज भाइहरूलाई बचाउन र सिरियाली शासनको गिरोहलाई अन्त्य गर्न काम गरिरहेको बताएका छन् । उनले ड्रुज समुदायका इजरायली सदस्यहरूलाई सीमा पार गरेर सिरिया नजान पनि अपील गरेका छन् ।

    सिरियाली सरकारले यो आक्रमणको निन्दा गरेको छ र यसलाई 'आपराधिक र अवैध व्यवहार' भनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।