काठमाडौँ । कलाकार दीपकराज गिरीले मन्त्रीहरूको घुस प्रकरणमा एकपछि अर्को अडियो सार्वजनिक भइरहेका सन्दर्भमा कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले मन्त्रीहरूलाई ‘घुस खान तालिम दिनुपर्ने’ सुझाव दिएका छन् ।
गिरीले लेखेका छन्, “लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनु पर्यो ! घुस खान पो रोक्न सकिन्न त, समाचार त रोक्नु पर्यो नि ! भोलि मन्त्री खाने मान्छे नपाइएला !”
तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस प्रकरणको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । त्यसको भोलिपल्टै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३२ लाख रुपैयाँ लिएको अडियो सार्वजनिक भएको थियो ।
लगातार सार्वजनिक भइरहेका यस्ता अडियोहरूले सरकार र मन्त्रीहरूको नैतिकता र जवाफदेहितामाथि प्रश्न उठ्न थालेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology