Logo

२०८३, कार्तिक २९गते


images
images

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन : ओली

विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन : ओली

images
  • विद्या भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन : ओली
    images

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको बताएका छन् ।  

    images
    images
    images

    पत्रकार विजयकुमार पाण्डेलाई दिएको अन्तर्वार्तामा ओलीले भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था नरहेको बताएका हुन् । उनले भनेका छन्- 'अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने सकिने अवस्था छैन । किनभने उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले ठानेको मानेको अवस्था छैन ।' 

    images
    images
    images


    प्रधानमन्त्री ओलीले पुर्वराष्ट्रपति भण्डारी आफैले विचार गर्नुपर्नेमा किन बोलिरहनु भएको छ भन्ने पार्टीले सोध्ने बताए ।

    images
    images

    उनले भनेका छन्- 'विद्याजीले राष्ट्रपति हुन्जेल आफ्नो भूमिका राम्रोसँग निभाउनु भएको हो । यो कानुनी र संबैधानिक प्रश्न पनि होइन । यो नैतिकताको विषय हो । अहिले मसँग परामर्श भएन । कहाँ परामर्श गर्नुभयो थाहा भएन । अध्यक्ष म छु, पार्टीसँग सल्लाह गर्नुभएन । आउन मिल्छ मिल्दैन । संबैधानिक मान्यतालाई असर गर्छ या गर्दैन । भन्ने विषयमा छलफल गर्नु भएन । पार्टीमा कुनै मौखिक लिखित अधिकारिक ढंगले छलफल गर्नु भएको छैन । यस विषयमा हामिले बैठक बसेर छलफल गर्नुपर्छ । उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानु भएको होइन । उहाँ हाम्रो उम्मेदवार हो । राष्ट्रपतिमा जानुभन्दा अगाडी उहाँ उपाध्यक्ष हो । अब उहाँले प्रश्न उठाइसकेपछि, आउछु भनेपछि पार्टीले निर्णय गर्छ । निर्णय गर्न धेरै ढिलो गर्दैनौं ।'

    भण्डारीलाई अगाडि सारेर चीनले नेपालमा कम्युनिष्टहरुलाई एक बनाउने रणनीति हो भन्ने प्रश्नको जवाफमा ओलीले आफुले त्यस्तो सम्भावना नै नदेखेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।