Logo

२०८३, आश्विन १०गते


images
images

३९ वर्षीया युलिया स्वीरिडेन्को बनिन् युक्रेनको नयाँ प्रधानमन्त्री

३९ वर्षीया युलिया स्वीरिडेन्को बनिन् युक्रेनको नयाँ प्रधानमन्त्री

images
  • ३९ वर्षीया युलिया स्वीरिडेन्को बनिन् युक्रेनको नयाँ प्रधानमन्त्री
    images
    images

    काठमाडौँ । युलिया स्वीरिडेन्को युक्रेनको नयाँ प्रधानमन्त्री बनेकी छिन् ।  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सिफारिसमा उनको नाम युक्रेनी संसदले अनुमोदन गरेको हो ।

    images
    images
    images

    युलिया यसअघि उपप्रधानमन्त्री र अर्थमन्त्री थिइन् । ३९ वर्षकी युलिया पेशाले अर्थशास्त्री हुन् । उनले २०२० देखि प्रधानमन्त्री पद सम्हालेका डेनिस श्मीहालको स्थान लिएकी छिन् ।

    images
    images
    images

    उपप्रधानमन्त्रीको रूपमा, स्वीरिडेन्कोले यस वर्ष अमेरिकी राष्ट्रपति ट्रम्पसँग खनिज सम्झौता सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्, त्यसपछि उनको अत्यधिक प्रशंसा भएको थियो ।

    images
    images
    images

    त्यस्तै नयाँ मन्त्रिपरिषद्मा केही अन्य परिवर्तनहरू भएका छन् । श्मीहाल अझै पनि मन्त्रिपरिषद्मा रहनेछन् । 

    राष्ट्रपति जेलेन्स्कीले एक दिन अघि पुरानो मन्त्रिपरिषद् विघटन गरेका थिए । यसपछि, उनले नयाँ सरकारका लागि आफ्ना छनोट गरिएका व्यक्तिहरूको सूची संसदलाई दिएका थिए ।

    जेलेन्स्कीको पार्टी 'सर्भेन्ट अफ द पिपुल' २०१९ देखि २५४ सिटसहित पूर्ण बहुमतमा छ । युलियाले २६२ सांसदको समर्थन पाएकी थिइन् भने २२ जनाले उनको विपक्षमा मतदान गरेका थिए । साथै, २६ सांसदले मतदान गरेनन् ।

    संसदमा बोल्दै जेलेन्स्कीले पूर्व प्रधानमन्त्री श्मीहाललाई धन्यवाद दिँदै अमेरिका जस्ता देशहरूसँग नयाँ सम्झौता गर्न अब नयाँ रणनीति आवश्यक रहेको बताए । उनले सरकारले सबै पुराना रक्षा सम्झौताहरूको समीक्षा र नयाँ रक्षा सहयोग तयार गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।