Logo

२०८३, आश्विन ११गते


images
images

आइपिएलको विजय र्यालीमा भागदौड प्रकरण

आइपिएलको विजय र्याली गर्न थिएन अनुमति, भागदौड प्रकरणमा रोयल च्यालेन्जर्स बैंगलोर दोषी !

आइपिएलको विजय र्याली गर्न थिएन अनुमति, भागदौड प्रकरणमा रोयल च्यालेन्जर्स बैंगलोर दोषी !

images
  • आइपिएलको विजय र्याली गर्न थिएन अनुमति, भागदौड प्रकरणमा रोयल च्यालेन्जर्स बैंगलोर दोषी !
    images
    images

    काठमाडौँ । भारतको कर्नाटक सरकारले विजयी परेडमा भएको भागदौडमा रोयल च्यालेन्जर्स बैंगलोर दोषी रहेको बताएको छ । सरकारले भागदौडको प्रतिवेदन सार्बजनिक गर्दै दुर्घटनाको लागि रोयल च्यालेन्जर्स बैंगलोरलाई दोषी ठहराएको छ । 

    images
    images
    images

    कर्नाटक सरकारले चिन्नास्वामीमा आयोजित विजय परेडको लागि रोयल च्यालेन्जर्सले सरकारबाट कुनै अनुमति नलिएको बताएको छ । अत्यधिक भीडभाडका कारण भागदौड मच्चिएको थियो, जसमा ११ जनाको मृत्यु भएको थियो र ५० जना घाइते भएका थिए ।

    images
    images
    images

    यद्यपि, सरकारले कार्यक्रम अचानक रद्द गर्दा हिंसा फैलिन सक्थ्यो र शहरमा कानून व्यवस्था बिग्रन सक्ने उल्लेख गरेको छ ।

    images
    images
    images

    सरकारले जुलाई १५ मा उच्च अदालतमा प्रतिवेदन पेश गरेको छ । सरकारले अदालतलाई रिपोर्ट गोप्य राख्न चाहेको बताएको थियो तर अदालतले यस्तो गोप्यताको लागि कुनै कानुनी आधार नभएको बताएको छ ।

    रिपोर्टका अनुसार, १८ वर्षपछि रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलको उपाधि जितेपछि जुन ३ मा भएको विजय परेडको बारेमा प्रहरीलाई जानकारी गराएको थियो, तर यो जानकारी अनुमति लिनुको सट्टा जानकारी मात्र थियो । जबकि, कानून अन्तर्गत, यस्ता कार्यक्रमहरूको लागि कम्तिमा सात दिन अगाडि अनुमति लिनु आवश्यक छ । रोयल च्यालेन्जर्स बैंगलोरले आधिकारिक अनुमतिको लागि आवेदन दिएको थिएन ।

    भीडको संख्या, व्यवस्था वा सम्भावित समस्याहरूको बारेमा प्रहरीलाई जानकारी दिइएको थिएन, त्यसैले अनुमति दिइएको थिएन । रिपोर्टमा कार्यक्रम अचानक रद्द गर्दा हिंसा फैलिन सक्ने र शहरमा कानून व्यवस्था बिग्रन सक्ने भएकाले कार्यक्रम पूर्ण रूपमा रोक्नुको सट्टा, यसको समय घटाइएको र निगरानी बढाइएको उल्लेख छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।