देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयले बालमैत्री शिक्षणका लागि शिक्षकलाई तालिम दिएको छ । कान्तिपुर चाइल्ड डेभलपमेन्ट कम्युनिटीको सहकार्यमा प्रारम्भिक तहका शिक्षकहरूका लागि दुई दिने तालिम दिइएको विद्यालयले जनाएको छ ।
बालमैत्री कक्षा व्यवस्थापन, सिकाइमा बालबालिकाको सक्रिय सहभागिता र कक्षामा शिक्षकको भूमिकालाई प्रभावकारी बनाउन केन्द्रित तालिमको सहजीकरण प्रशिक्षक लक्ष्मी थापाले गरेकी थिइन् ।
सिकाइलाई सहज, रमाइलो र बालबालिकाको अनुभवसँग जोड्दै कक्षाकोठा परिवर्तन गर्न सकिने विषयमा तालिम केन्द्रित रहेको विद्यालयले जनाएको छ ।
तालिमको अन्तिम दिन विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले सहभागी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्दै सिकेको अभ्यासमा उतार्न आग्रह गरे । उनले बालबालिका रमाएर सिक्ने वातावरण तयार पार्न शिक्षकको भूमिकालाई अझ सशक्त बनाउनु पर्ने उल्लेख गरे ।
तालिममा नर्सरीदेखि कक्षा ३ सम्मका २१ जना शिक्षकको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology