काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०४६ सालपछिका उच्च पदस्थ राजनीतिक, प्रशासनिक नेतृत्वको सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको ध्यानाकर्षण गराएको छ ।
शुक्रबार राप्रपाले औपचारिक रुपमा सम्पत्ति शुद्धीकरण विभागमा २०४६ सालपछिका उच्च पदस्थ राजनीतिक, प्रशासनिक नेतृत्वको सम्पत्ति छानविन गर्न निवेदन दिएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डल हरिहरभवन पुगेर विभागका महानिर्देशक सुमन दाहाललाई मागपत्र बुझाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology