काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक भोलि बिहान ११ बजे पुनः बस्ने भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा आज उपाध्यक्ष विष्णु पौडेलले नयाँ विधान प्रस्ताव प्रस्तुत गरेका थिए भने महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन पेस गरेका छन् ।
बैठकमा प्रस्तुत प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ । आजको बैठकमा किरण कुमार गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशिनाथ अधिकारी, शेरधन राई, डा. राजन भट्टराई र कर्ण बहादुर थापाले विचार राखेका थिए । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अहिलेसम्म ८ जनाले धारणा राखिसकेका छन् ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनसम्बन्धी चर्चा पनि भएको छ । गौतमका अनुसार भण्डारीको पुनरागमन गम्भीर विषय भएकाले पार्टीले उचित समयमा निर्णय लिने स्पष्ट गरिएको छ ।
आजको बैठकले पेश गरिएका प्रतिवेदनहरूलाई अनुमोदन गरेपछि आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकले अन्तिम रूप दिनेछ । एमालेको दोस्रो विधान महाधिवेशन भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा हुने तय भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology