Logo

२०८३, आश्विन ११गते


images
images

भारतीय क्रिकेट बोर्डको आर्थिक वर्ष २०२३-२४ मा ९७४२ करोड भारु आम्दानी

भारतीय क्रिकेट बोर्डको आर्थिक वर्ष २०२३-२४ मा ९७४२ करोड भारु आम्दानी

images
  • भारतीय क्रिकेट बोर्डको आर्थिक वर्ष २०२३-२४ मा ९७४२ करोड भारु आम्दानी
    images
    images

    काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आर्थिक वर्ष २०२३-२४ मा कीर्तिमानी आम्दानी गरेको छ । २०२३- २४ मा भारतीय क्रिकेट बोर्डले कुल ९७४२ करोड भारु आम्दानी गरेको छ । 

    images
    images
    images

    रेडिफ्युजन फर्मको रिपोर्ट अनुसार, यो आम्दानीको सबैभन्दा ठूलो हिस्सा इन्डियन प्रिमियर लिग (आइपिएल) बाट आएको हो । आइपिएलले मात्र ५ हजार ७६१ करोड भारु योगदान गरेको छ । अर्थात्, बोर्डको कुल आम्दानीको ५९ प्रतिशत आम्दानी आइपिएल बाट आएको छ ।

    images
    images
    images

    बोर्डले गैर आइपिएल मिडिया अधिकारबाट ३६१ करोड भारु कमाएको छ । आइपिएल अब बोर्डको आम्दानीको सबैभन्दा ठूलो स्रोत बनेको छ र रणजी ट्रफीसहित घरेलु क्रिकेट खेलाडीहरूलाई पनि ठूला अवसरहरू दिइरहेको छ ।

    images
    images
    images

    भारतीय क्रिकेट कन्ट्रोल बोर्डसँग हाल ३० हजार करोड रिजर्भ रहेको रिपोर्टमा उल्लेख छ । जसले हरेक बर्ष लगभग एक हजार करोड ब्याज आम्दानी दिइरहेको छ ।

    रिपोर्टमा बोर्डसँग रणजी ट्रफी, दुलीप ट्रफी र सिके नायडु ट्रफी जस्ता घरेलु प्रतियोगिताहरूलाई व्यावसायिकीकरण गर्ने ठूलो सम्भावना छ, जसले गैर आइपिएल आम्दानीलाई बढाउन सक्ने उल्लेख गरिएको छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।