Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

मनसुनी वायु सक्रिय : बाढी, पहिरो र डुबानको जोखिम

मनसुनी वायु सक्रिय : बाढी, पहिरो र डुबानको जोखिम

images
  • मनसुनी वायु सक्रिय : बाढी, पहिरो र डुबानको जोखिम
    images

    काठमाडौँ । देशभर सक्रिय मनसुनी वायुले केही दिनदेखि मौसम प्रभावित बनाइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको र यसको प्रभावले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहँदा अन्यत्र आंशिक बदली देखिएको छ ।

    images
    images
    images

    कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ । दिउँसोसम्म देशभर आंशिकदेखि साधारण बदली रहने पूर्वानुमान गरिएको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै अन्य प्रदेशका पहाडी भागमा समेत मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

    images
    images
    images

    यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।

    images
    images

    महाशाखाले आगामी २४ घण्टाभित्र सम्भावित वर्षाले भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम उच्च रहेको जनाएको छ । यसका कारण शहरी र तराई क्षेत्रमा डुबानको सम्भावना देखिएको छ भने साना ठूला नदी, खोलानाला र तटीय क्षेत्रमा पानीको सतह बढ्ने चेतावनी दिइएको छ ।

    यसले दैनिक जनजीवन मात्र नभई कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने देखिएकोले सर्वसाधारण र सरोकारवाला निकायलाई विशेष सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।