Logo

२०८३, आश्विन १०गते


images
images

कोल्डप्ले कन्सर्टको स्क्रिनमा देखिएपछि गयो सीईओको जागिर !

कोल्डप्ले कन्सर्टको स्क्रिनमा देखिएपछि गयो सीईओको जागिर !

images
  • कोल्डप्ले कन्सर्टको स्क्रिनमा देखिएपछि गयो सीईओको जागिर !
    images
    images

    काठमाडौँ । अमेरिकी टेक कम्पनी एस्ट्रोनोमरले कोल्डप्ले कन्सर्टमा उनीहरूको भिडियो भाइरल भएपछि आफ्ना दुई कर्मचारीहरूलाई बिदामा पठाएको छ ।

    images
    images
    images

    भाइरल भिडियोमा, कोल्डप्ले कन्सर्टको क्रममा दुवै कर्मचारीहरू ठूलो स्क्रिनमा अँगालो हालेको देखिएको थियो । यद्यपि, स्क्रिनमा देखा पर्ने बित्तिकै, उनीहरूले आफूलाई लुकाउने प्रयास गरेका थिए ।

    images
    images
    images

    शुक्रबार राति, कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सीईओ एन्डी बायर्नलाई बिदामा पठाइएको जानकारी दिएको छ ।

    images
    images
    images

    कोल्डप्लेका प्रमुख गायक क्रिस मार्टिनले ठूलो स्क्रिनमा लुकेका जोडीलाई देखेपछि भीडलाई या त उनीहरूको अफेयर छन्, या त उनीहरू निकै लजालु भएको बताएका थिए ।

    यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । यो भिडियो भाइरल भएको दुई दिन पछि, एस्ट्रोनोमरले यस विषयमा अनुसन्धानको घोषणा गरेको थियो । 

    कम्पनीका सह-संस्थापक र प्रमुख उत्पादन अधिकारी पीट डेजोयलाई अन्तरिम सीईओ नियुक्त गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।