देवदह । देवदह नगरपालिका–५ स्थित पानबारी खेलमैदानमा वृक्षरोपण गरिएको छ । लायन्स क्लब अफ देवदह युनाईटेडले लायन्स डिष्ट्रिक अन्तर्गत 'ग्लोबल कज इनभारोमेन्ट' अभियानमा सहभागिता जनाउँदै एक सदस्य, एक बिरुवा भन्ने अवधारणासहित वृक्षरोपण गरेको जनाएको छ ।
कार्यक्रममा क्लबका २८ सदस्यहरुको सक्रिय सहभागितासहित ३५ वटा बिरुवा रोपिएको र सम्पूर्ण बिरुवामा ट्रिगार्ड जडान गरिएको क्लबका अध्यक्ष गणेश सापकोटाले जानकारी दिए ।
बिरुवाको संरक्षणमा प्रत्येक सदस्यसँगै वडा नं ५ को समेत भूमिका रहने क्लबले जनाएको छ ।
कार्यक्रममा वडा कार्यालयले ३५ थान जाली उपलब्ध गराएको क्लबका संस्थापक अध्यक्ष लायन माधव आचार्यले जानकारी दिएका छन् ।
कार्यक्रममा रूपमा लायन्स इन्टरनेशनल डिष्ट्रिकका जीएसटी कोर्डिनेटर आशिष कुमार श्रेष्ठ, इन्भारोमेन्ट चिफ विष्णु प्रसाद पौडल, डिपुटी सेक्रेटरी विनोद थापा मगर, चिफ एडभाइजर रामबहादुर गुरुङलगायतको उपस्थिति रहेको थियो । एरिया ३ का एरिया चिफ कृष्ण प्रसाद पाण्डे, जनप्रतिनिधी सावित्रा पौडेल, जोन चियरपर्सन पुष्पा क्षेत्री, देवदह पाकरी वृक्षका अध्यक्ष उषा सुवेदी, निवर्तमान अध्यक्ष विन्दु थापा लगायतको उपस्थिति थियो ।
क्लबका अध्यक्ष गणेश सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा, कार्यक्रम संयोजक यमलाल शर्माले स्वागत तथा क्लबका तृतीय उपाध्यक्ष लायन अर्जुन कुमार गुरुङको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology