Logo

२०८३, आश्विन ११गते


images
images

एभरेष्ट महिला भलिबल लिग

राजेश हमाल कर्णाली यसभिएसको ‘ब्राण्ड एम्बेस्डर’

राजेश हमाल कर्णाली यसभिएसको ‘ब्राण्ड एम्बेस्डर’

images
  • राजेश हमाल कर्णाली यसभिएसको ‘ब्राण्ड एम्बेस्डर’
    images
    images

    काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ ।

    images
    images
    images

    कर्णाली यसभिएसका व्यबस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार सम्झैता पत्रमा हस्तक्षर भएको हो । कर्णाली यसभिएसले अभिनेता हमाल जस्तो दिग्गज व्यक्तिलाई  आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा पाउनु गौरवको कुरा भएको बताए ।

    images
    images
    images

    त्यस्तै महानायक हमालले कर्णाली यसभिएसले नेपाली महिला खेलाडीहरुलाई हौसला प्रदान गर्ने अवसर दिनु भएकोमा खुशी व्यक्त गरे । हमालले आँफुले पनि जिवनका विभिन्न चरणमा भलिवल खेलेको स्मरण गर्दै भने भलीवल  एउटा राष्ट्रिय खेल हो । यसका माध्यमबाट हाम्रा चेलीहरुले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्नेछन् । हमालले गत वर्षको च्याम्पियन टोली  कर्णाली यसभिएसले यो वर्ष पनि बाजी मार्ने विश्वास  व्यक्त गरे ।

    images
    images
    images

    कर्णाली यसभिएसले बिहिबार मात्रै प्रशिक्षकको रुपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ । पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको हो । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग ईन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।