Logo

२०८३, आश्विन ११गते


images
images

बार्सिलोनामा यमलको जादू, एकै दिनमा ७० हजार बिक्यो १० नम्बर जर्सी

बार्सिलोनामा यमलको जादू, एकै दिनमा ७० हजार बिक्यो १० नम्बर जर्सी

images
  • बार्सिलोनामा यमलको जादू, एकै दिनमा ७० हजार बिक्यो १० नम्बर जर्सी
    images
    images

    काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले लामिन यमललाई आफ्नो आइकोनिक १० नम्बर जर्सी दिएपछि यसको फाइदा उठाउन शुरु गरेको छ ।

    images
    images
    images

    बार्सिलोनाले यमललाई १० नम्बर जर्सी दिएको २४ घण्टामा ७० हजार जर्सी बेचेको छ । बार्सिलोनाका फ्यानले बार्सिलोनाको मर्चेन्डाइज स्टोरमा ठुलो संख्यामा पुगेर जर्सी किनिरहेको स्पेनिस मिडिया स्पोर्ट्सले उल्लेख गरेको छ ।

    images
    images
    images

    आर्थिक रुपमा संघर्ष गरिरहेको बार्सिलोनाका लागि यमलको स्टारडमले निकै फाइदा हुने विश्लेषण गरिएको छ । क्लब व्यवस्थापनले आम्दानीको नयाँ स्रोत खोज्ने क्रममा यमललाई १० नम्बर जर्सी दिएर यसको फाइदा उठाउन शुरु गरेको छ ।

    images
    images
    images

    १८ बर्षिय यमलले २०३१ सम्म बार्सिलोनासँग सम्झौता गरेर बार्सिलोनाको ब्राण्ड र कमर्सियल प्रगतिको केन्द्र बन्ने देखिएका छन् ।           

    बार्सिलोनामा १० नम्बर जर्सीलाई विशेष मानिन्छ । यस अघि यो नम्बरको जर्सी लियोनेल मेसी, रोनाल्डिन्हो र डिएगो म्याराडोना जस्ता लिजेण्ड खेलाडीले लगाएका थिए ।

    १० नम्बर जर्सी पाएपछि यमलले मेसी, रोनाल्डिन्हो र म्याराडोना लिजेण्ड खेलाडी भएको र आफुले पनि उनीहरुको पदचिन्ह पछ्याउने बताएका थिए ।

    १८ बर्षकै उमेरमा यमलले विशेष खेलाडीको रुपमा आफुलाई उभ्याइसकेका छन् । उनले बार्सिलोनाका लागि ला लिगा र कोपा जिताइसकेका छन् भने राष्ट्रिय टिम स्पेनलाई युरोकप जिताएका छन् ।

    बार्सिलोनाले यमललाई बार्षिक १७ देखि २३ मिलियन डलरसम्म पारिश्रमिक दिने गरि नयाँ सम्झौता गरेको छ ।    

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।