Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

एमालेको पोलिटब्युरोको बैठक आजै सकिने

एमालेको पोलिटब्युरोको बैठक आजै सकिने

images
  • एमालेको पोलिटब्युरोको बैठक आजै सकिने
    images

    काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरोको बैठक आजै सकिने भएको छ । 

    images
    images
    images

    ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी रहेको पोलिटव्यूरो बैठकमा सदस्यहरूले प्रस्तुत प्रस्तावमाथि धारणा राख्नेक्रम जारी रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । 

    images
    images
    images

    आजको बैठकमा अहिलेसम्म ३२ जनाले आफ्नो धारणा राखेका छन् भने अझै ४० जनाले बोल्न बाँकी रहेको गौतमले जानकारी दिएका छन् ।

    images
    images

    बैठकमा पेश गरिएका प्रस्ताव बाहेक प्रदेश र स्थानीय कमिटिलाई कार्यकारी बनाउने प्रस्ताव आएको गौतमले बताए । उनले बैठक आजै ६ बजेसम्म निर्णय गरेर सकिने बताए ।

    बैठकमा विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयसहित ७० बर्षको उमेर हद र दुई कार्यकालको विषयमा पनि सदस्यहरुले आफ्नो धारणा राहेका छन् ।  

    शुक्रबार शुरु भएको पोलिटव्यूरो बैठकले पेश गरिएका प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन ५ गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिने छ । एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २०, २१ र २२ ललितपुरको गोदावरीमा हुनेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।