Logo

२०८३, आश्विन ११गते


images
images

साफ यू-२० महिला फुटबल च्याम्पियनसिप

भुटानविरुद्ध नेपालको ८-० को जित, पुर्णिमा र मीनाको ह्याट्रिक

भुटानविरुद्ध नेपालको ८-० को जित, पुर्णिमा र मीनाको ह्याट्रिक

images
  • भुटानविरुद्ध नेपालको ८-० को जित, पुर्णिमा र मीनाको ह्याट्रिक
    images
    images

    काठमाडौँ । नेपालले साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको फराकिलो जित हासिल गरेको छ ।

    images
    images
    images

    बंगलादेशको ढाकामा सम्पन्न खेलमा नेपालले भुटानलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।  नेपालको जितमा पुर्णिमा राई र मीना देउवाले  ह्याट्रिक गरेका थिए भने कुसुम खतिवडा र समिक्षा मगरले एक एक गोल गरेका थिए ।  

    images
    images
    images

    जारी प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका ५ खेलमा चार जितसहित १२ अंक हासिल गरेको छ । नेपालले दुवै पटक श्रीलंकाविरुद्ध ७-० गोल अन्तरले हराएको छ भने यस अघि भुटानलाई ६-१ ले पराजित गरेको थियो । त्यस्तै बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।

    images
    images
    images

    त्यसैगरी भुटानले भने ५ खेलमा एक जित हासिल गरेको छ । भुटानले श्रीलंकालाई ५-० गोलले पराजित गरेको थियो भने बंगलादेशसँग ४-१ र ३-० को हार बेहोरेको थियो भने नेपालसँग ६-१ ले हार बेहोरेको थियो ।

    नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

    यस प्रतियोगितामा नेपालले अब अर्को खेल अन्तिम खेल जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।