Logo

२०८३, आश्विन १०गते


images
images

आम आदमी पार्टीकी पञ्जाबकी विधायक अनमोलको राजीनामा, राजनीतिबाटै सन्यास

आम आदमी पार्टीकी पञ्जाबकी विधायक अनमोलको राजीनामा, राजनीतिबाटै सन्यास

images
  • आम आदमी पार्टीकी पञ्जाबकी विधायक अनमोलको राजीनामा, राजनीतिबाटै सन्यास
    images
    images

    काठमाडौँ । आम आदमी पार्टीकी पञ्जाबकी विधायक अनमोल गगन मानले राजीनामा दिएकी छन् । 

    images
    images
    images

    पञ्जाबकी प्रसिद्ध गायिका समेत रहेकी आम आदमी पार्टीकी खरार विधानसभा क्षेत्रकी विधायक अनमोल गगन मानले पदबाट राजीनामा दिएकी छिन् । यससँगै उनले राजनीति छोड्ने घोषणा पनि गरेकी छिन् । अनमोल गगन मानले सामाजिक सञ्जाल प्लेटफर्म एकसमा यो जानकारी दिएकी हुन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जालमा लेखेकी छन्- 'भारी मनले, तर मैले राजनीति छोड्ने निर्णय गरेको छु । सभामुखलाई दिएको विधायक पदबाट मेरो राजीनामा स्वीकार गरिनुपर्छ ।' उनले आफ्नो शुभकामना पार्टीसँग रहेको भन्दै पञ्जाब सरकारले जनताको अपेक्षा पूरा गर्ने बताएकी छन् ।

    images
    images
    images

    अनमोल गगन मान २०२२ मा विधानसभा चुनाव जितेर खरार विधानसभा सिटबाट विधायक बनेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।