देवदह । देवदहमा क्रियाशील संस्था रोहिणी सांस्कृतिक मञ्चको पहिलो साधारणसभा शनिबार सम्पन्न भएको छ । देवदहस्थित पाठक फुडल्याण्डमा आयोजित सभाले संस्थाको गतिविधि सार्वजनिक गर्दै आगामी योजनाको तय गरेको जनाएको छ ।
सभामा बोल्दै कलाकार तेजु अर्यालले लोकसंस्कृति जगेर्ना आजको आवश्यकता भएको बताए । मौलिकता गुमाउँदै गएको वर्तमानमा सांस्कृतिक चेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।
सभामा अध्यक्ष प्रीतम कुमार थापाले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको जनाइएको छ । कार्यक्रममा जनप्रतिनिधि झम कुमारी थापा, राष्ट्रिय लोक भजन चुट्का समिति लुम्बिनी प्रदेश सदस्य तीर्थ देवकोटा लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology