Logo

२०८३, आश्विन १०गते


images
images

उडिरहेको विमानको इन्जिनमा आगलागीपछि सुरक्षित अवतरण

उडिरहेको विमानको इन्जिनमा आगलागीपछि सुरक्षित अवतरण

images
  • उडिरहेको विमानको इन्जिनमा आगलागीपछि सुरक्षित अवतरण
    images
    images

    काठमाडौँ । अमेरिकामा एक यात्रुवाहक विमानको आपतकालीन अवतरण गरिएको छ ।

    images
    images
    images

    रिपोर्टका अनुसार, डेल्टा एयरलाइन्सको बोइङ विमान शुक्रवार लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट एटलान्टाका लागि उडेको थियो, तर उडान भरेको केही समयपछि नै यसको एउटा इन्जिनमा आगो लागेको थियो । यसपछि, विमान आपतकालीन अवतरणको लागि फर्कनुपर्‍यो ।

    images
    images
    images

    घटनाको भिडियो सार्वजनिक भएको छ,  जसमा बोइङ ७६७-४०० विमान हावामा देख्न सकिन्छ र यसको बायाँ इन्जिनबाट आगो निस्किरहेको छ ।

    images
    images
    images

    विमान धावनमार्गमा अवतरण गरेपछि, अग्निनियन्त्रकहरूले इन्जिनमा लागेको आगो नियन्त्रण गरेका थिए । यस घटनामा विमानमा रहेका सबै यात्रू सकुशल रहेका छन् ।

    रिपोर्टका अनुसार विमानले पहिले प्रशान्त महासागर माथि उडेर त्यसपछि डाउनी र प्यारामाउन्ट क्षेत्रहरूमाथि फर्किएकाले चालक दललाई चेकलिस्ट पूरा गर्न र सुरक्षित अवतरणको लागि तयारी गर्न समय मिलेको उल्लेख छ । 

    आगलागीको कारण अझै स्पष्ट नभएको बताइएको छ । अमेरिकी संघीय उड्डयन प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको छ । विमान लगभग २५ वर्ष पुरानो भएको र यसमा जनरल इलेक्ट्रिक सी एफ६ इन्जिनहरू रहेको उल्लेख छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।