Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

सदस्यता नवीकरण पहिला नै भएको हो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो : भण्डारी

सदस्यता नवीकरण पहिला नै भएको हो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो : भण्डारी

images
  • सदस्यता नवीकरण पहिला नै भएको हो, ओलीसँग राष्ट्रिय राजनीतिको कुरा भयो : भण्डारी
    images

    काठमाडौँ  । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटवार्ता सकिएको छ ।

    images
    images
    images

    ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा ओली र भण्डारीबीच भएको भेटवार्ता सकिएको हो ।

    images
    images
    images

    भण्डारीले भेटवार्ता सकिएपछि राष्ट्रिय राजनीतिको विषयमा छलफल भएको र विस्तृत विवरण आधिकारिक च्यानलबाट थाहा हुने बताएकी छन् । भण्डारीले आफ्नो सदस्यता पहिले नै नवीकरण भएको बताइन् । 

    images
    images

    एमालेको हालै बसेको सचिवालय र शनिबार सम्पन्न पोलिटब्युरो बैठक विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएको थियो । सोहि अनुसार आज छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन् ।

    भण्डारीले यस अघि नै आफ्नो एमालेको सदस्यता नवीकरण गरिसको दाबी गरेकी छन् भने एमालेले भण्डारीको सदस्यता नवीकरण होल्डमा रहेको र पार्टीको उच्च तहले निर्णय गर्नुपर्ने बताएको छ ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।