Logo

२०८३, आश्विन ९गते


images
images

सिनेमा-राजनीति

प्रचण्डसहितका शीर्ष नेताहरूले हेरे फिल्म ‘महाभोज’

प्रचण्डसहितका शीर्ष नेताहरूले हेरे फिल्म ‘महाभोज’

images
  • प्रचण्डसहितका शीर्ष नेताहरूले हेरे फिल्म ‘महाभोज’
    images
    images

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरू चलचित्र महाभोज हेर्न सिटी सेन्टर पुगेका छन् ।

    images
    images
    images

    प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल तथा समाजवादी मोर्चाका नेताहरू आज साँझ ५ बजेको शो हेर्न काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिज पुगेका हुन्। माओवादीका जनवर्गीय संगठनका नेताहरू र समाजवादी मोर्चाका अन्य नेता–कार्यकर्ताहरू पनि उनीहरूका साथमा थिए ।

    images
    images
    images

    उपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियान अन्तर्गत जनसांस्कृतिक महासंघ, नेपाल, बागमती प्रदेशको आयोजनामा चलचित्र महाभोज को विशेष प्रदर्शन गरिएको हो ।

    images
    images
    images

    प्रगतिशील समाज रूपान्तरण र समसामयिक कथावस्तुमा आधारित यस चलचित्रले ‘सत्य कहिल्यै लुक्न सक्दैन’ भन्ने मूल सन्देश बोकेको छ ।

    चलचित्र महाभोज का निर्माता हिमाल कडरिया हुन् भने निर्देशक दिनेश राउत र कार्यकारी निर्माता किरण नेपाली रहेका छन् । चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, बुद्धि तामाङ, अञ्जना बराइली, मल्लिका महत, गौमाया गुरुङ, बसुन्धरा भुसाललगायत कलाकारहरूको अभिनय रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।