काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा नेकपा एमालेका सांसदहरूले राष्ट्रिय सभामा हालेको संशोधनलाई आपत्तिजनक भन्दै एमालेले दोहोरो चरित्र देखाएको टिप्पणी गरेका छन् ।
गठबन्धन दलहरूबीचको सहमति र समितिमा भएको सर्वसम्मत निर्णय विपरित संशोधन दर्ता गराउनु नीतिगत बेइमानी भएको उल्लेख गर्दै कोइरालाले यसलाई देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका भनेका छन् । उनले उक्त विषयमा काँग्रेसले एमालेसँग आधिकारिक धारणा माग गर्नुपर्ने आवश्यकता औंल्याए ।
‘कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ’, भन्दै कोइरालाले संशोधन पास हुन नदिने धारणा दोहो¥याएका छन् । उनले भने, 'कोही दुविधामा नपरे हुन्छ, संशोधन आपत्तिजनक छ र कांग्रेस चुप लागेर बस्न मिल्दैन ।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology