Logo

२०८३, कार्तिक ३०गते


images
images

साउनको पहिलो सोमबार : मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

साउनको पहिलो सोमबार : मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

images
  • साउनको पहिलो सोमबार : मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन
    images

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले पशुपतिनाथ परिसरको अनुगमन गरेका छन् । 

    images
    images
    images

    धार्मिक आस्थाको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने साउन महिनाको सोमवार विशेषगरी शिवभक्तहरूका लागि विशेष दिन मानिन्छ ।  सोमवार पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । अनुगमनका क्रममा मन्त्री पाण्डेले पशुपतिनाथ क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायद्वारा भक्तजनका लागि गरिएको व्यवस्थाको स्थलगत अवलोकन गरेका थिए । 

    images
    images
    images

    यस वर्षको साउनको पहिलो सोमवारको दिन दिउँसो २ बजेसम्म करिब एक लाखभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरिसकेका छन् । भक्तजनको सहज आवागमनका लागि गौशाला र तिलगंगासम्म सटल बस सेवा सञ्चालनमा ल्याइएको छ, जसले पैदल यात्रुहरूलाई राहत दिएको छ ।

    images
    images

    साउन महिनाभरि प्रत्येक सोमवार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले सुरक्षा र व्यवस्थापन पक्षलाई अझ चुस्त बनाइने मन्त्रालयले जनाएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।