देवदह । देवदह व्यापार संघले यहि साउन ११ गते बृहत् रक्तदान कार्यक्रम गर्नेभएको छ । संस्थाको १२औं स्थापना दिवसको अवसर पारेर संघको सचिवालय देवदह ५ पानवारीमा रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
देवदह क्षेत्रमा लामो समय रक्तदान कार्यक्रम नभएको र पछिल्ला दिनमा रगतको अभाव सम्बन्धि समाचारहरु आइरहेको भन्दै रक्त आपुर्तिलाई सहज बनाउन रक्तदान कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष कोषबहादुर गुरुङले जानकारी दिए ।
‘हामी व्यावसायिक संघसंस्थाहरु व्यापार व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समेत मध्येनजर गर्दै अगाडि बढ्नुपर्ने हुन्छ, किनकी हामी समाज भन्दा अलग रहन पनि सक्दैनौं ।’ उनले भने, ‘हाम्रो हाम्रो सानो प्रयासले कसैको जीवन रक्षा हुन्छ भने हामीले त्यसमा कन्जुस्याइँ किन गर्ने ?’
साउन ११ गते आइतवार विहान ७ बजेबाट हुने रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न संघले आफु मातहतका सम्पूर्ण सदस्यहरु, उद्योगि व्यापारी, शिक्षक, विद्यार्थी, कर्मचारी लगायत सम्पूर्णमा आग्रह गरेको छ ।
यसैगरी स्थापना दिवसकै अवसरमा संघले छात्रवृत्ति समेत प्रदान गर्ने जनाएको छ । देवदह स्थित भविष्यनिर्माण माध्यमिक विद्यालयमा अध्ययनरत एकजना गरिव तथा जेहेन्दार विद्यार्थीलाई स्थापना दिवसको अवसरमा छात्रवृत्ति प्रदान गरिने संघका महासचिव हरिलाल भण्डारीले जानकारी दिए । विद्यार्थी छनोटका लागि संघका उपाध्यक्ष पिताम्वर खरेल र सचिव विष्णु अर्याललाई जिम्मेवारी तोकेको महासचिव भण्डारीले बताए ।
संघले संथापना दिवसको अवसर पारेर यसअघि पनि रक्तदान र छात्रवृत्ति वितरणको कार्यक्रमहरु गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology