Logo

२०८३, कार्तिक २९गते


images
images

नयाँ चरा

भक्तपुरमा भेटियो चराको नयाँ प्रजाति

भक्तपुरमा भेटियो चराको नयाँ प्रजाति

नेपालमा चरा प्रजातिको सङ्ख्या ९०२ पुग्यो
images
  • भक्तपुरमा भेटियो चराको नयाँ प्रजाति
    images

    काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी मनोहरा फाँटबाट नेपालका लागि नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल बर्ड रेकर्ड कमिटीले सो चराको नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको छ ।

    images
    images
    images

    नेपालका चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डे समेतको टोलीले चरा अवलोकनका क्रममा असार ६ गते पहिलोपटक सो चरा देखेका थिए ।

    images
    images
    images

    टोलीका सदस्यहरूले उक्त चराको फोटो खिचेर प्रारम्भिक पहिचान गरेपछि चराको यकिन पुष्ट्याइँ गरिएको  रेकर्ड कमिटीले जनाएको छ ।

    images
    images

    कमिटीका अध्यक्ष डा तुल्सी सुवेदीले जारी गरेको विज्ञप्तिमा प्राप्त विवरणहरूको अध्ययन, राष्ट्रिय अन्तर्राष्ट्रिय पन्छीविद्हरूसँग रायसुझाव सङ्कलन गरी नतिजामा पुगेको  उल्लेख छ । यो चरा आइयुसियनको रेड्लिस्ट अनुसार लोपोन्मुख सूचीमा रहेको र यो चरा रुसको साइबेरिया क्षेत्रमा आवासीय रूपमा पाइने भएपनि बसाइँसराइको क्रममा चीन, फिजी, हङकङ, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, पपुवा न्यूगिनी, फिलिपिन्स, ताइवान, टिमोर, अस्ट्रेलिया, न्युजील्यान्डमा समेत पाइएको उल्लेख छ ।

    नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार योसहित नेपालको अभिलेखमा चरा प्रजातिको सङ्ख्यामा एउटा प्रजाति थप भएको छ र अब नेपालमा जम्मा चरा प्रजातिको सङ्ख्या ९०२ पुगेको छ ।

    bird1753172288.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।