Logo

२०८३, आश्विन ११गते


images
images

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

images
  • पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित
    images
    images

    काठमाडौँ । बंगलादेशले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न जारी सिरिजको दोस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई ८ रनले पराजित गरेको हो ।

    images
    images
    images

    बंगलादेशले दिएको १३४ रनको लक्ष्य पछाएको पाकिस्तानले १९.२ ओभरमा अल आउट हुदै १२५ रन मात्र बनाएको हो ।

    images
    images
    images

    पाकिस्तानका लागि फहीम अशरफले सर्बाधिक ५१ रन बनाए भने पाकिस्तानका शुरुका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

    images
    images
    images

    यस अघि बंगलादेशले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा १३३ रन बनाएको थियो । बंगलादेशका लागि जाकर अलीले सर्बाधिक ५५ र माहेदी हसनले ३३ रन बनाएका थिए ।

    यो जितपछि बंगलादेशले ३ खेलको सिरिज एक खेल अघि नै जितेको छ । अब सिरिजको अन्तिम खेल विहिबार हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।