Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन हुदैन : विष्णु पौडेल

विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन हुदैन : विष्णु पौडेल

images
  • विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन हुदैन : विष्णु पौडेल
    images

    बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नहुने बताएका छन् ।

    images
    images
    images

    बुधबार पुष्पलाल स्मृति दिवसको अवसरमा रूपन्देहीमा आयोजित कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका पौडेलले अब भण्डारीको सदस्यता पनि नवीकरण नहुने र सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका हुन् । 

    images
    images
    images

    उनले भने- ‘पूर्वराष्ट्रपति राजनीतिमा आउनु हुन्छ कि हुँदैन भन्ने विषयमा पार्टीभित्र र बाहिरसमेत व्यापक चर्चा भयो, पार्टीभित्र पनि यसबारेमा व्यापक छलफल गरी उहाँ पूर्वराष्ट्रपतिकै हैसियतमा रहनुपर्छ भन्ने एमालेले निष्कर्ष निकालेको हो ।'

    images
    images

    उपप्रधान तथा अर्थमन्त्री पौडेलले विद्यादेवी भण्डारीले एमाले पार्टीका लागि विगतमा गरेको योगदानको कदर स्वरूप दुई-दुई कार्यकाल राष्ट्रपति बनाएको स्मरण गर्दै अब पनि पूर्वराष्ट्रपतिकै हैसियतमा मुलुकको अभिभावक बनेर संविधानको संरक्षक भएर बस्नुपर्ने बताए। 

    उनले राष्ट्रपति बनेपछि भण्डारी आफैले पार्टी सदस्यता त्याग गरेकोले पार्टीको विधानले समेत उनको सदस्यता नवीकरण गर्न नमिल्ने तर्क गरे । उनले संविधानको रक्षा र संरक्षणको अभिभारा लिइसकेको व्यक्ति फेरि एउटा पार्टीको सदस्य बनेर राजनीतिमा फर्किनुहुँदैन भनेर नै पार्टीले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।