देवदह । देवदह नगरपालिकाको खैरेनीमा माइक्रो बसले स्कुटरलाई ठक्कर दिंदा दुई युवा घाइते भएका छन् । बुधवार दिउँसो मिलनचोकमा भएको दुर्घटनामा स्कुटर चालक अन्वेष श्रेष्ठ र पछाडि बसेका सन्देश भुर्तेल घाइते भएको खैरेनी प्रहरी चौकीका प्रमुख भीमसेन विष्टले जानकारी दिए ।
दुर्घटनामा घाइतेको तत्काल उद्दार गरी प्रहरी कै गाडीमा देवदह मेडिकल कलेज भलुहीमा पठाइएको छ । घाइते देवदह-४ सिंगाहाका श्रेष्ठको उमेर १७ र भुर्तेलको उमेर १५ वर्ष रहेको छ ।
खैरेनीबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ८४५ नम्बरको माइक्रो बसले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको लु ७५ प ४८३० नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
बस मुख्य राजमार्गमा स्पिडमा चलिरहेको र स्कुटरले बाटो क्रस गर्दैगर्दा दुर्घटना भएको बुझिएको छ । घटनास्थलको बस्तुस्थिति अध्ययनगर्दा माइक्रो बसले २०-२५ मिटर अघिबाटै ब्रेक हानेको देखिन्छ ।
दुर्घटनामा परेको स्कुटर पुन: प्रयोग गर्न नमिल्ने गरी क्षतिग्रस्त भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology