Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

देशभर मनसुन सक्रिय, डुबान र पहिरोको उच्च जोखिम

देशभर मनसुन सक्रिय, डुबान र पहिरोको उच्च जोखिम

images
  • देशभर मनसुन सक्रिय, डुबान र पहिरोको उच्च जोखिम
    images

    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर र पूर्वमा सरदर आसपासमा रहेको छ । यसको प्रभावस्वरूप पहाडी क्षेत्रका धेरै स्थानमा बदली भएको छ भने अन्य ठाउँमा आंशिक बदली देखिएको छ ।

    images
    images
    images

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसोसमेत देशभर साधारणतया बदली रहने र पहाडी क्षेत्रका धेरै स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ ।

    images
    images
    images

    कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा भारी देखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना पनि महाशाखाले औंल्याएको छ । उच्च पहाडी र हिमाली भूभागमा वर्षासँगै हिमपातको पनि सम्भावना रहेकोले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ ।

    images
    images

    भारी वर्षाका कारण भू-क्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको छ । शहरी क्षेत्र र तराईका केही भूभागमा डुबानको खतरा उच्च रहेको र साना–ठूला नदी, खोलानालाको सतह बढ्न सक्ने महाशाखाको चेतावनी छ । मौसमको असर दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक र हवाई यातायातमा समेत पर्ने भएकाले आवश्यक सतर्कता र पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।