Logo

२०८३, आश्विन १०गते


images
images

प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा, अमेरिकाद्वारा अस्वीकार

प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा, अमेरिकाद्वारा अस्वीकार

images
  • प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा, अमेरिकाद्वारा अस्वीकार
    images
    images

    काठमाडौँ । अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको प्यालेस्टाइन सम्बन्धी निर्णयलाई 'कडा रूपमा अस्वीकार' गरेको छ । अमेरिकाले म्याक्रोनको निर्णयले 'हमासको प्रचारलाई मात्र बढावा दिन्छ' भनेको छ ।

    images
    images
    images

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्- 'संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने इमानुएल म्याक्रोनको योजनालाई अमेरिकाले कडा रूपमा अस्वीकार गर्दछ ।' उनले अगाडी भनेका छन्- 'यो गैरजिम्मेवार निर्णयले हमासको प्रचारलाई मात्र बढावा दिन्छ र अशान्ति बढाउनेछ । यो अक्टोबर ७ को आक्रमणका पीडितहरूको अनुहारमा थप्पड जस्तै हो ।'

    images
    images
    images

    राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार देशले यस वर्ष सेप्टेम्बरमा प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिने घोषणा गरेका थिए । राष्ट्रपति म्याक्रोनले यसको औपचारिक घोषणा न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभाको सत्रमा गरिने बताएका छन् ।

    images
    images
    images

    प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोनको निर्णयको स्वागत गरे, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमको आलोचना गर्दै आतंकवादलाई पुरस्कृत गर्नु बराबर भएको टिप्पणी गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।