देवदह । न्यू लुम्बिनी ई. बो. स्कूलले असल अभिभावकत्व सम्बन्धि एकदिने कार्यशाला सम्पन्न गरेको छ । विद्यालयले शुक्रवार विद्यालयका अभिभावक लक्षित कार्यशाला संचालन गरेको हो ।
कार्याशालामा बोल्दै राष्ट्रिय प्याब्सनका केन्द्रिय उपमहासचिव कृष्ण प्रसाद पौडेलले असल विद्यार्थीको चर्चा धेरै हुने भएपनि असल अभिभावकको विषय छायाँमा पर्ने गरेको बताए । असल अभिभावक विना असल विद्यार्थी र गुणस्तरिय शिक्षा सम्भव नहुने उल्लेख गर्दै पौडेलले शैक्षिक सफलताको लागि सबै अभिभावक जिम्मेवार हुनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले न्यू लुम्बिनी ई. बो. स्कूलले सांस्कृतिक मूल्यमान्यता र असल आचरण सहितको शिक्षामा जोड दिएको बताए । विद्यालयले कक्षा ८ तथा एसइईमा निरन्तर शतप्रतिशत नतिजा प्राप्त गरिरहेको प्रसंग समेत उल्लेख गर्दै उनले शिक्षक, विद्यार्थी र अभिभावकको एकीकृत प्रयासले सफलता सम्भव भएको बताए ।
कार्यक्रममा सकारात्मक सोच र असल अभिभावकत्व सम्बन्धि मुख्य प्रशिक्षक कमल सिलवालले अभिभावकलाई प्रशिक्षित गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले तयार गरेको साइन्स प्रोजेक्ट 'डे नाइट लाइट अटोम्याटिक सिस्टम र सेन्सर अटोम्याटिक डस्विनसमेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा अभिभावकहरु विमल भुषाल, जुनु पाण्डे र निर्मला भुर्तेलले आफुहरुले न्यू लुम्बिनी ई. बो. स्कूल नै रोज्नुको कारण र विद्यालयको शैक्षिक वातावरण सम्बन्धि चर्चा गरेका थिए ।
प्रिन्सिपल विनोद थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक फूलमाया थापाको सन्चालन तथा भाइस प्रिन्सिपल बिष्णु सारुको स्वागत मन्तव्य रहेको थियो ।
देवदह- ५ मा अवस्थित न्यु लुम्बिनी स्कुलले विद्यालयबाटै समाचार बुलेटिन प्रसारण लगायतका रचनात्मक गतिविधि समेत संचालन गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology