Logo

२०८३, आश्विन ९गते


images
images

गर्मी बढेपछि तीन दिनका लागि भैरहवाका विद्यालय बन्द

गर्मी बढेपछि तीन दिनका लागि भैरहवाका विद्यालय बन्द

images
  • गर्मी बढेपछि तीन दिनका लागि भैरहवाका विद्यालय बन्द
    images
    images

    सिद्धार्थनगर । अत्यधिक गर्मीको कारण सिद्धार्थनगर नगरपालिका, भैरहवाले नगरभित्रका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै नगरभित्र सञ्चालनमा रहेका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूलाई यही साउन ११ गतेदेखि १३ गतेसम्म (तीन दिन) ‘गर्मी विदा’ दिने निर्णय गरिएको जनाएको हो ।

    images
    images
    images

    विद्यालय तहको शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र सम्बन्धित व्यवस्थाहरूको आधारमा उक्त निर्णय गरिएको सूचनामा उल्लेख छ ।

    images
    images
    images

    नगर कार्यपालिकाका प्रमुख इसराक अहमद खाँद्वारा हस्ताक्षरित सूचनामा तापक्रम अत्यधिक बढेसँगै बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै विद्यालय बन्द गरिएको जनाइएको छ ।

    यद्यपि यो विदाले विद्यालयमा सञ्चालित कक्षा ११, १२ को परीक्षा तथा अन्य राष्ट्रियस्तरका परीक्षामा भने कुनै असर नपर्ने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।