काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको र त्यसको प्रभाव केही सीमित भू-भागमा मात्र देखिएको छ ।
आज बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी क्षेत्रहरूमा सामान्य बदली देखिएको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ । बागमती प्रदेशका केही स्थानहरू र कोशी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ । पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी प्रदेशको तराई र मधेश प्रदेशमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology