Logo

२०८३, आश्विन १०गते


images
images

गाजामा भोकमरी

'गाजामा तीन मध्ये एक जना खाना बिना बसिरहेका छन्'

'गाजामा तीन मध्ये एक जना खाना बिना बसिरहेका छन्'

images
  • 'गाजामा तीन मध्ये एक जना खाना बिना बसिरहेका छन्'
    images
    images

    काठमाडौँ । गाजामा भोकमरीको समस्या चरम अवस्थामा पुगेको छ । 

    images
    images
    images

    संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले गाजामा लगभग तीन मध्ये एक जना धेरै दिनदेखि खाना बिना बसेको बताएको छ । विश्व खाद्य कार्यक्रमले गाजामा कुपोषण बढ्दै गइरहेको छ र ९० हजार महिला र बालबालिकालाई तत्काल उपचारको आवश्यकता रहेको बताएको छ ।

    images
    images
    images

    त्यस्तै यस हप्ता गाजामा भोकमरी अझ खराब हुँदै गइरहेको बताएको छ भने  गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार कुपोषणका कारण थप नौ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    मन्त्रालयका अनुसार, इजरायलसँगको युद्ध सुरु भएदेखि कुपोषणबाट मर्नेहरूको कुल संख्या १२२ पुगेको छ ।

    गाजामा आउने र जाने सबै कुरा नियन्त्रण गर्ने इजरायलले यस क्षेत्रमा पुग्न कुनै पनि सहायता रोक्न नसकेको बताएको छ। इजरायलले गाजामा कुपोषणको लागि हमासलाई पनि दोष दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।