Logo

२०८३, आश्विन ११गते


images
images

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार तेस्रो जित

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार तेस्रो जित

images
  • वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको लगातार तेस्रो जित
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ ।

    images
    images
    images

    सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    वेस्ट इन्डिजले दिएको २१५ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १६.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    अस्ट्रेलियाका लागि टिम डेभिडले ३७ बलमा १०२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै मिचेल ओवेनले ३६, मिचेल मार्शले २२, ग्लेन म्याक्सवेलले २० रन बनाएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले शाइ होपको १०२ र ब्राण्डन किङको ६२ रनको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

    योसँगै ५ खेलको सिरिजमा अस्ट्रेलियाले लगातार तेस्रो जित हासिल गरेको छ भने २ खेल अघि नै सिरिज जितेको छ ।

    अब सिरिजको चौथो खेल आइतबार हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।