Logo

२०८३, आश्विन ९गते


images
images

ग्रीनप्लाण्टमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम

ग्रीनप्लाण्टमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम

images
  • ग्रीनप्लाण्टमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम
    images
    images

    देवदह । ग्रीनप्लाण्ट आवासीय माध्यमिक विद्यालयले कक्षा ११ का विद्यार्थीहरुको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार एक कार्यक्रमबीच विद्यार्थीहरुलाई विद्यालयको शैक्षिक वातावरण र आगामी योजनाबारे प्रशिक्षित गरिएको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका प्रवन्ध निर्देशक एकनारायण काफ्लेले गुणस्तररिय शिक्षामा विद्यालयले सम्झौता नगर्ने बताए । विद्यालयमा पढ्ने विद्यार्थी र उनका अभिभावकलाई कहिले निराश नबनाउने प्रतिबद्धता व्यक्त गर्दै उ उनले विद्यालयमा रहंदासम्म र विद्यालय शिक्षा पछिपनि आफ्ना विद्यार्थीहरुको साथमा ग्रीनप्लाण्ट सधै रहने विचार व्यक्त गरे । 

    images
    images
    images

    विद्यालयका प्राचार्य राजीव सापकोटाले विद्यालयले संख्यामा नभएर गुणस्तरमा ध्यान दिइरहेको बताए । कक्षा ११ विद्यार्थीको भविष्यको ढोकासमेत रहेको उल्लेख गर्दै प्राचार्य सापकोटाले आफ्ना अभिभावकको सपना र आफ्नो उद्धेश्यलाई ध्यानमा राखेर शैक्षिक गतिविधिमा सहभागी हुन विद्यार्थीलाई आग्रह गरे । 

    images
    images
    images

    कार्यक्रममा मोटिभेसनल स्पिकर डा. आविस्कार पराजुलीले विद्यार्थीहरुलाई विद्यार्थी जीवन, शिक्षा, जीवनमा आभिभावकको योगदान र भविष्यको योजनासहित सकारात्मक सोंचबारे प्रशिक्षित गरेका थिए । 

    विद्यालयले कक्षा ११ मा देवदह, सुनवल र रामग्राम नगरपालिकाभित्रका एक दर्जन बढी विद्यालयका १३० जना विद्यार्थी भर्ना भएको जनाएको छ । 

    वि. सं. २०४७ सालमा स्थापना भएको ग्रीनप्लाण्टमा कक्षा ११ मा होटल म्यानेजमेन्ट, फाइनान्स र कम्प्युटर साइन्स विषय पढाइ हुँदै आएको छ । 

    विद्यालयका अध्यक्ष विष्णु प्रसाद पोखरेलको अध्यक्षता तथा शिक्षक अशोक पाण्डेको संचालनमा कार्यक्रम संचालन भएको थियो ।

    कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गायनकलासमेत प्रस्तुत गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।