देवदह । रोटरी क्लब अफ देवदहले देवदह आदर्श बहुमुखी क्याम्पस परिसरमा वृक्षरोपण गरेको छ । रोटरी वर्ष २०२५–२६ को अन्तर्राष्ट्रिय नारा 'राम्रोका लागि एक साथ' लाई आत्मसात गर्दै शनिवार वृक्षरोपण गरिएको क्लबले जनाएको छ ।
विभिन्न चार स्थानमा पहिले नै वृक्षरोपण गरिएको र यो पाँचौ कार्यक्रम भएको क्लबका इलेक्ट प्रेसिडेन्ट नारायण भण्डारीले जानकारी दिए ।
कार्यक्रममा क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, उपाध्यक्ष प्रकाश अर्याल, क्लबका संस्थापक अध्यक्ष तथा क्याम्पस प्रमुख जयकिसन अधिकारी, क्याम्पस संचालन समिति सदस्य मोतिलाल ढकाल, प्रमोद खनाल लगायतले बोल्दै सामाजिक र पर्यावरणीय क्षेत्रमा रोटरी क्लबको भूमिकाको चर्चा गरेका थिए ।
कार्यक्रममा क्लबका डोलराज न्यौपाने 'अर्जुन', पूर्व अध्यक्ष कुलप्रसाद पौडेल, सचिव नागेन्द्र पराजुलीसहित विद्यार्थी एवं युवा स्वयंसेवकहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा क्लबको नयाँ सदस्यको रुपमा गोपीकृष्ण तिवारीलाई स्वागत समेत गरिएको क्लबले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology