Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो : प्रचण्ड

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो : प्रचण्ड

images
  • कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो : प्रचण्ड
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गरेको टिप्पणी गरेका छन् । 

    images
    images
    images

    शनिबार काठमाडौं सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै प्रचण्डले एमालेका सांसदहरूले राष्ट्रिय सभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको बताउदै कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गरेको टिप्पणी गरेका छन् । 

    images
    images
    images

    उनले राजनीतिक संकटबारे चर्चा गर्दै प्रचण्डले कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको खडेरी रहेको समेत बताए । उनले भने- 'एमालेभित्र वैचारिक संकट छ, जवजको उत्तराधिकारीको अन्योल छ ।'  ओलीले मदन भण्डारीसम्बन्धी बोलेका कथित अभिव्यक्तिहरूलाई समेत उनले आलोचना गर्दै वैचारिक दिशाहीनता देखिएको उनको भनाई थियो ।

    images
    images

    प्रचण्डले विशेषगरी शिक्षक आन्दोलन, शिक्षा विधेयक र हालको राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको भूमिका स्पष्ट पार्दै भने- 'शिक्षकहरूले सडकमा आउनु नपर्ने अवस्था संविधानले नै सुनिश्चित गर्‍यो, तर त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भए।माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरु अपमानित हुन पदैनथ्यो ।'

    उनले पछिल्लो पटक आफु नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै असन्तोष व्यक्त गरे । उनले भने- 'सरकार तयार नभएपछि तपाईंहरू (शिक्षकहरू) सडकमा रहनुपर्‍यो, आन्दोलनमा हुनु भयो। तर सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो ।'

    शिक्षा विधेयकको सन्दर्भमा बोल्दै उहाँले संसदमा विधेयकमाथि गरिएको छेडछाडप्रति आपत्ति जनाउँदै भने- 'हामी सरकारमा हुँदा शिक्षकका माग समेटिएको विधेयक अगाडि बढाएका थियौं, तर अहिले त्यसमा सडयन्त्र गरिएको छ ।'

    प्रचण्डले माओवादी केन्द्र भने अहिले पनि जनतासँग जोडिने प्रयासमा सक्रिय रहेको बताउँदै भने- 'हामी अहिले आठौं महाधिवेशनको नीति र विचारअनुसार जनतासँग प्रत्यक्ष सम्पर्कको अभियानमा छौं। यही वैचारिक स्पष्टता हाम्रो बल हो।अहिले माओवादी केन्द्र मात्रै यस्तो पार्टी हो जहाँ बैचारिक राजनीतिक नेतृत्वको संकट छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।