Logo

२०८३, कार्तिक २९गते


images
images

श्रावणी महामहोत्सव

श्रावणी महामहोत्सवमा मुख्यमन्त्रीको सम्बोधन, सहयोग गर्ने प्रतिबद्धता

श्रावणी महामहोत्सवमा मुख्यमन्त्रीको सम्बोधन, सहयोग गर्ने प्रतिबद्धता

images
  • श्रावणी महामहोत्सवमा मुख्यमन्त्रीको सम्बोधन,  सहयोग गर्ने प्रतिबद्धता
    images

    सुनवल । पश्चिम नवलपरासीको सुनवल १० खकरीबारीस्थित हरिहर ॐकारेश्वर मन्दिर परिसरमा जारी 'राष्ट्रकल्याण विश्व शान्ति श्रावणी महामहोत्सव २०८२' मा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहभागी भएका छन् ।

    images
    images
    images

    महामहोत्सवमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक र सांस्कृतिक गतिविधिमा स्थानीयको सक्रियता आवश्यक रहेको बताए । उनले प्रत्येक नागरिकले आफ्नो आयको कम्तीमा १० प्रतिशत हिस्सा धार्मिक र परोपकारी कार्यमा खर्च गर्नुपर्छ भन्ने सन्देशसमेत दिए ।

    images
    images
    images

    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सरकारले विभिन्न योजना अघि सारेको जानकारी गराए । हरिहर ॐकारेश्वर मन्दिर परिसर र तुरिया गङ्गा नदी किनारमा आरतीलगायत कार्यका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने घोषणा पनि गरे ।

    images
    images

    कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले महोत्सवलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताइन् । उनले नगरपालिकाको तर्फबाट योजनाबद्ध रूपमा साथ दिने प्रतिबद्धता जनाउँदै व्यक्तिगत रूपमा रु. ५१ हजार सहयोग गर्ने घोषणा गरिन् ।

    महोत्सवका संकल्पकर्ता बालब्यास श्रवण न्यौपानेले मुख्यमन्त्री र अन्य विशिष्ट पाहुनालाई स्वागत गर्दै सुनवललाई धार्मिक पर्यटनको केन्द्र बनाउने आफ्नो दीर्घकालीन संकल्पबारे जानकारी दिए ।

    हाल सञ्चालन भइरहेको श्रावणी महामहोत्सवले लुम्बिनी प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनालाई उजागर गरिरहेको तथा धार्मिक आस्था, सहिष्णुता र शान्तिको सन्देश फैलाउँदै गएको आयोजकको दावी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।