Logo

२०८३, कार्तिक २९गते


images
images

मौसम

मनसुन कमजोर, लुम्बिनी र मधेशमा हावाहुरीको सम्भावना

मनसुन कमजोर, लुम्बिनी र मधेशमा हावाहुरीको सम्भावना

images
  • मनसुन कमजोर, लुम्बिनी र मधेशमा हावाहुरीको सम्भावना
    images

    काठमाडौं  । देशभर हाल मनसुनी वायुको प्रभाव कमजोर छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थामै रही देशका पहाडी भू-भागमा सामान्य बदली र बाँकी स्थानमा आंशिक बदलीको अवस्था देखिएको छ ।

    images
    images
    images

    बिहानी समयमै बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको जानकारी छ ।

    images
    images
    images

    आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । पहाडी भू-भागका केही स्थान र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
    विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि रहेको छ । मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।